रौतहट । वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा निधन भएका गरुडा नगरपालिका ६ का स्व. मिस्टर लहेरीको परिवारलाई वैदेशिक रोजगार बोर्डबाट १० लाख रुपैयाँ क्षतिपूर्ति प्रदान गरिएको छ ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीकी श्रीमती हिरजा खातुनलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । श्रम स्वीकृतिको म्याद समाप्त भएको एक वर्षभित्र निधन भएकाले क्षतिपूर्ति रकमस्वरूप यो सहयोग प्राप्त भएको मेयर जैसवालले जानकारी दिए ।
यदि बीमाको म्याद सकिएको भए, बोर्डबाट थप १४ लाख रुपैयाँ प्राप्त हुने व्यवस्था रहे पनि लहेरीको परिवारले बीमा म्याद नपुगेकाले कुल २४ लाख पाउन नसकेको जनाइएको छ ।
मृतक लहेरीको परिवारलाई आगामी दिनमा आवश्यक सहयोग गरिने प्रतिबद्धता पनि मेयर जैसवालले व्यक्त गरेका छन् । लहेरीको २०८१ साल पुस २२ गते साउदी अरेबियामा निधन भएको थियो ।




