धनुषा । शहीदनगर नगरपालिका २ चोराकोयलपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ३८ वर्षीय मनोज चोरवार खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते चोरवारलाई उपचारका लागि गोदावरी अस्पताल, जनकपुर लगिएको थियो, जहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस घटनामा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।




