रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ५ स्थित श्री बिन्दाबसिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट गएराति १ लाख ९० हजार रुपैयाँ चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्ति हाल फरार रहेका छन् । प्रहरीका अनुसार उनीहरूको खोजी कार्य तीव्र पारिएको छ र घटना सम्बन्धी आवश्यक अनुसन्धान जारी रहेको छ ।
स्थानीय बासिन्दाले सुरक्षा व्यवस्थामा थप ध्यान दिनुपर्ने माग गरेका छन् । प्रहरीले छिट्टै दोषीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइने जनाएको छ ।




