मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
साताको प्रारम्भमा धैर्य र पराक्रम वृद्धि हुनेछ । घरको सजावटमा धन खर्च हुनेछ । आर्थिक पक्ष सामान्य रहनेछ । साताको मध्यमा अरुको लागि श्रम वा धन खर्च गर्नुपर्ने हुन्छ । आफन्तहरूसँग रमाइलो समय बित्नेछ । विगतका कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ । साताको मध्यमा विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । नोकरी वा पेशामा भावनामा आएर निर्णय नलिनुहोला ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
साताको प्रारम्भमा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ । सञ्चित धनमा वृद्धि हुनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखारिनेछ । साताको मध्यमा मेहनत गर्दा रोकिएका कार्य सम्पादन हुनेछन् । आँटेको कार्य पूर्ण गर्नुमा सफल भइनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा मित्रहरूको सहयोग मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्, मौसमी बिमारीबाट बच्नुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक परिपेक्षमा नयाँ दायित्व मिल्नेछ । साताको मध्यमा प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ । कार्य क्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । साताको अन्तिममा रमाइलो जमघटको बीचमा स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । व्यापार व्यवसायमा लाभ रहनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साताको प्रारम्भमा व्यापार व्यवसायमा मनग्य लाभ मिल्नेछ । शेयर मार्केटबाट लाभ मिल्ला । कार्य क्षेत्रमा विशिष्ट जनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा वैदेशिक रोजगारको लागि नयाँ अवसर प्राप्त हुनेछ । आध्यात्मिक क्षेत्रमा विकास हुनेछ । सवारी साधनमा धन खर्चका योग छन् । साताको मध्यमा मेहनतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिको प्रयोगले अरुलाई आफ्नो पक्षमा पार्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
साताको प्रारम्भमा कामहरूमा पिताद्वारा सहयोग मिल्ला । व्यापार व्यवसायमा लाभ रहनेछ भने नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ । साताको मध्यमा सहयोगीहरूबाट सहयोग मिल्नेछ भने रोकिएका कार्यहरू पनि सम्पादन हुनेछन् । साताको अन्तिममा कार्यक्षेत्रमा अप्ठ्यारो चुनौतीहरूको सामना गर्नुपर्ला । आफ्नो श्रमको फाइदा अरुले उठाउन सक्लान् ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा धर्म कर्ममा रुचि बढ्नेछ । परिवारको साथमा भ्रमणका योग छन् । विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अनुभव प्राप्त हुनेछ । साताको मध्यमा आटेको कार्य सम्पादन गर्न सफल भएकाले मन ऊत्साहित रहनेछ । सानो प्रयत्नले पनि कार्य बन्नेछ । साताको अन्तिममा कार्य क्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन् । नाम दाम र ईनाम हात पार्ने समय रहेको छ । स्वाभिमानको लागि संघर्ष गर्नुपर्ला । आयस्रोतमा वृद्धि हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा नोकरी वा पेशामा नियमित कार्यमा बाधा आउनेछ । कार्य समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ । कमजोरी प्रति अरुले टिप्पणी गर्नेछन् । साताको मध्यमा विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मन लाग्नेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । रोकिएका कार्यहरू बन्नेछन् । साताको अन्तिममा पिताको स्वास्थलाई लिएर चिन्ता रहनेछ । व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त गर्न सकिनेछ । सरकारी नोकरीमा आफ्नो पदको दुरुपयोग नगर्नुहोला ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ । व्यवसायमा जीवनसाथीको साथ मिल्ला । साताको मध्यमा स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्, साथै पौष्टिक भोजनको सेवन गर्नुहोला । साताको अन्तिममा नोकरी वा पेशामा पदोन्नतिका योग छन् । व्यापार व्यवसायमा थप लगानी लगाउने समय रहेको छ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको प्रारम्भमा चर्चित कार्य सम्पादन हुनेछ, साथै नयाँ कार्य तर्फ अग्रसर भइनेछ । कार्य क्षेत्रमा समय अनुसार चल्ने प्रयास गर्नुहोस् नभए पछाडि परिनेछ । साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ । व्यापार व्यवसायमा भविष्यलाई लिएर योजनाहरू बन्नेछन् । भौतिक सुख सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । साताको अन्तिममा विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि विदेशतिर जाने मार्ग प्रशस्त हुनेछ । आलस्यले गर्दा अवसर गुमाउन सकिनेछ, सावधान रहनुहोस् ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
साताको प्रारम्भमा सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । साताको मध्यमा कार्यक्षेत्रमा दोहोर्याएर कार्य गर्दा कार्यमा निखार आउनेछ । स्वास्थ्यमा पेट सम्बन्धी समस्याले सताउनेछ । साताको अन्तिममा कार्यक्षेत्रमा बलको भन्दा बुद्धिको उपयोगले कार्य सिद्ध गर्ने प्रयास गर्नुहोला । व्यावसायिक यात्रा राम्रो रहनेछ । उद्योग जगतमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
साताको प्रारम्भमा आफन्तहरूको साथ र सहयोग नमिल्ला । चल र अचल दुवै सम्पत्तिमा वृद्धि हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा अलि दु:ख पाइएला । साताको मध्यमा कार्य क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी मिल्नेछ । प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ । साताको अन्तिममा सहकारि वा वित्तीय संस्थाबाट लाभ मिल्नेछ । प्रतिद्वन्दीहरू आफै परास्त हुनेछन् । लगनशीलताले कार्यक्षेत्रमा दिगो फाइदा हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा आत्मश्वासमा वृद्धि हुनेछ । आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ । साताको मध्यमा श्रमको उचित मूल्यांकन नमिल्ला । माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । पारिवारिक सद्भावमा मनमुटाव आउनेछ । साताको अन्तिममा स्वास्थ्य कमजोर रहनेछ । राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ । भावनामा आएर निर्णय नलिनुहोला ।




