सप्तरी । प्रहरीले स्कार्पियोमार्फत तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ । शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका ३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो ।
चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँचमा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए । उक्त स्कार्पियोमा ३० वटा प्लाष्टिकको बोरामा गाजा भेटिएको थियो ।
बरामद गाँजा र स्कार्पियो गाडी बारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ । फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।




