सिरहा । सिरहाको धनगढीमाई नगरपालिका १० श्यामपुर टोलमा करेन्ट लागेर आइतबार साँझ एक व्यक्तिको मृत्यु भएको छ । आफ्नै फुसको घर छाउने क्रममा तारमा छोइएर करेन्ट लाग्दा ६० वर्षीय पुरुष गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई उपचारका लागि आरके मेडिसिटी, जिरोमाईल धनगढीमा लगिएको थियो, जहाँ उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीले घटना बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




