धनुषा । धनुषाको मिथिला नगरपालिका ११ निवासी ३५ वर्षीय एक युवक आइतबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही क्षेत्रको चुरे जंगलस्थित चौधारा भन्ने ठाउँमा मृत भेटिएका हुन् ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।




