सर्लाही । सर्लाही जिल्लाको हरिवन नगरपालिका ४, पटौनामा रहेको गणेश मन्दिर परिसरमा धार्मिक पर्यटन प्रवर्द्धनका लागि १८ फिट अग्लो महादेवको प्रतिमा निर्माण गरिएको छ ।
धार्मिक आस्थाको केन्द्र मानिने यो क्षेत्रलाई अझ आकर्षक बनाउन तथा पर्यटक भित्र्याउन वडा कार्यालयको अग्रसरतामा विभिन्न विकास निर्माणका काम भइरहेको छ ।
पछिल्लो समय यस क्षेत्रलाई धार्मिक एवम् पर्यटकीय केन्द्रका रूपमा विकास गर्न पहल भइरहेको छ । सम्बन्धित निकायले भविष्यमा थप पूर्वाधार निर्माण गर्दै धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।




