धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ । शनिबार दिउँसो पोखरीमा डुबेर सर्लाही, ब्रहम्पुरी गाउँपालिका २ घर भएका १७ वर्षीय शुभम कुमार साहको मृत्यु भएको हो ।
डुबेको जानकारी पाएपछि स्थानीय तथा प्रहरीको टोलीले उद्धार गरी अस्पताल लगिएको थियो, तर उपचारको क्रममा उनको मृत्यु भएको जनाइएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




