दैलेख । जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ को रामघाटमा बस र जिप एकआपसमा ठोकिँदा सात जना घाइते भएका छन् । ठाटिकाध गाउँपालिकाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र. ०२००१ च ०२०४ नम्बरको जिपलाई नेपालगन्जबाट मुगुतर्फ जाँदै गरेको ना ६ ख ७४१९ नम्बरको बसले ठक्कर दिँदा सात जना घाइते भएका हुन् ।
दुर्घटनामा घाइते हुनेहरूमा ठाटिकाँध–३ का २१ वर्षीया मनीषा सारू मगर, सोही ठाउँ बस्ने २१ वर्षीया कल्पना तारामी मगर, २८ वर्षीया हिमाल बोगटी, सोही ठाउँ बस्ने सात वर्षीया बालिका कमला लामिछाने १ वर्षीया लिजा आले मगर र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीया खगेन्द्र अधिकारी रहेका दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।
घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र बस चालक र जिप चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।






