१. दुई हजार छयालीस साल देखि आज सम्म (४६_५६_६६_७६) जब जब नेपालमा जति पनि विपत्तिहरु आइपरे, तब तब नेपाली शासकहरू बढी भन्दा बढी कमाउको धन्दामा लिप्त भएको देखिन्छ ।
२. त्यही तीस वर्ष (२०१५_३०- ४५) पञ्चायतले बोल्ने स्वतन्त्रता सहित केही अत्यावश्यक सुविधाहरु खोसे पनि विकासका लागि गुणस्तरीय पूर्वाधारहरू पूर्वदेखि पश्चिमसम्म खडा गरिसकेको रहेछ । बरु पञ्चायत पनि जनतासँग डराउने गर्थ्यो ।
३. पञ्चायती पूर्वाधारमा टेकेर नै ठूला पार्टीहरू बाउन्न साल देखि (२०५२) सांसद किन बीचको दौडमा छन् । पटक पटक आफ्नै पार्टीका सांसदहरु समेत बन्धक राखेर विपत्तिमा समेत कमाउ धन्दामा प्रतिष्प्रधा गर्दै छन् ।
४. बहुदलको तीस बर्ष सुरा, सुन्दरी, तस्करी, हत्या, अपहरण, चेलीबेटी बेचबिखन, देशका साधन स्रोतको सौदाबाजी गर्दै आफ्नो लागि कमाउ धन्दाको सुरक्षा । सिंगो तीस वर्ष मस्तीमा बितेको छ ।
५. यो संघीय व्यवस्थाको खारेज गर्दै अर्को विकल्पमा नेपाली जनता जान सकेनन् भने आउँदो दशकौ वर्षसम्म नेपालमा यस्तै भइरहने कुरामा शंका रहन्न ।
६. अब नेपाली जनताले सत्ता वा राज्यसँग गुनासो होइन, विकल्प रोज्न वा खोज्न सुरु गरौं । आउँदो पुस्ताको लागि सुन्दर राज्यको निर्माण स्वत: गरौं ।
अस्तु ।






