काठमाडौं । आज र भोलि काठमाडौंमा कोभिशिल्डको दोस्रो मात्रा लगाइँदैछ । पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा लगाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन २२ गतेको निर्णयानुसार खोपका लागि १२ वटा केन्द्रहरु तोकिएका छन् ।
काठमाडौं महानगरपालिकासहित कीर्तिपुर, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, दक्षिणकाली, बूढानीलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी मनोहरा नगरपालिकाका कोभिशिल्डको दोस्रो डोज पाउनुपर्ने नागरिकलाई खोप लगाउन लागिएको हो ।
जनस्वास्थ्यकाे मापदण्ड पुरा हुनेगरी खाेप कार्यक्रम सञ्चालन गर्न अनुराेध समेत गरिएकाे छ ।







