सार्कको महत्व झन झन बढेर गएको छ । तर इन्डियन सरकारले यसलाई नियत बस निष्क्रिय पार्ने कुचेष्टा गरिरहेको छ, विगत केही वर्ष देखि । तर त्यसको परिणाम पनि भोग्दै छ उसले । इन्डियन गलत नियतका कारण नै सार्क राष्ट्रहरूबीच आपसी विश्वास तथा सहयोग बढ्नुको सट्टा झन गम्भीर समस्याहरू मौलाउँदै गएको पाइन्छ । अहिले आतंकबाद एउटा प्रमुख समस्या देख्छु । नेपालले त्यसको लागि कम्तीमा पनि निम्न रणनीतिहरू अघि बढाउन सक्छ:
१. सार्क आतंकवाद विरोधी औपचारिक संधि बलियो बनाउने । कानुनी रूपले आतंकवाद विरोधी साझा नीति लागू गर्न सहयोग गर्ने ।
२. खुफिया सूचना साझेदारी प्रणालीको स्थापना तथा सुधार गर्ने । सदस्य राष्ट्रहरू बीच सूचनाको आदानप्रदान सहज पार्ने विश्वसनीय नेटवर्क बनाउने । केन्द्र बिन्दु नेपालमा स्थापना गर्ने गराउने ।
३. सार्क आतंकवाद विरोधी केन्द्र स्थापना गर्ने । साधन स्रोतको जो हो गर्ने । रणनीतिक योजना निर्माण तथा कार्यान्वयन गर्न विशेषज्ञहरूको समूह गठन गर्ने ।
४. सीमापार सुरक्षा समन्वय मजबुत पार्ने । आपसी निगरानी प्रणाली सुधार गरी आतंकवादी गतिविधि नियन्त्रण गर्ने ।
५. आर्थिक स्रोत अनुगमन गर्ने । आतंकवादी संगठनहरूको वित्तीय प्रवाह रोक्न सशक्त नीति लागू गर्ने ।
६. युवा तथा नागरिक जागरूकता कार्यक्रम संचालन गर्ने । आतंकवादी संगठनहरूको गलत प्रचार रोक्न शिक्षा तथा चेतना अभिवृद्धि गर्ने ।
यी छ बुँदे रणनीतिहरू मार्फत दक्षिण एसियालाई शान्ति तथा स्थिरताको केन्द्र बनाउन नेपालले सार्क मार्फत प्रभावकारी पहल गर्न सक्छ । कम्तीमा पनि नेपालको इज्जत बढ्दै जान्छ । नेपालको क्षमता पनि क्रमश: वृद्धि हुन्छ । यसको नेतृत्वले गर्दा नेपालको सफ्ट पावर वृद्धि हुन्छ । पर्यटन व्यवसायमा वृद्धि हुन्छ ।
अस्तु ।






