एजेन्सी । सेलिब्रेटी बनेपश्चात् ठुलो जिम्मेवारी थपिन्छ । तपाईँको जिन्दगीको मूल्य पनि बढ्छ, साथै सुरक्षाको पनि आवश्यकता पर्छ । यसैकारण सेलिब्रेटीहरु सेक्युरिटी राख्छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण पनि ठुलो स्टार हुन् र उनको साथमा पनि सेक्युरिटी टोली छन्, जसमा जलाल नामका व्यक्ति पनि छन् ।
उनी दीपिकाको साथै भीड उनको वरिपरि लाग्ने भीड व्यवस्थापन गर्नु पनि उनको जिम्मेवारी हो । दीपिका जलाललाई बडिगार्डका रुपमा नभइ एक भाइ मान्छिन् र उनलाई राखी पनि बाँध्छिन् । जलालको काम मुश्किल छ, त्यसकारण उनको तलब पनि मोटो छ । रिपोर्टका अनुसार दीपिकाले एक वर्षमा करिब ८० लाखदेखि १.२ करोडसम्म दिन्छिन् ।
दीपिका मात्रै होइन सलमान खान र अनुष्का शर्मा पनि आफ्नो बडिगार्डलाई मोटो रकम दिन्छन् । सलमान आफ्नो बडिगार्ड शेरालाई मासिक १५ लाख दिन्छन् । वार्षिक करिब २ करोड उनको बडिगार्डले तलब खान्छन् । अनुष्काले आफ्नो बडिगार्ड प्रकाशलाई वार्षिक १.२ करोड दिन्छिन् भने शाहरुख खान आफ्ना बडिगार्डलाई वार्षिक १.७ करोड तलब दिन्छन् ।






