काठमाडौं । लोकप्रिय गायक करण परियारको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “ढाँटछेउ कतिलाई” सार्वजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका सर्जक आरके परियारको शब्द र संगीतमा तयार गरिएको यस गीतमा प्रेम र प्रेमिल सम्बन्धका भावनात्मक आयामहरू प्रस्तुत गरिएको छ ।
नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको यस गीतले संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीतले प्रेम, अनुभूति र सामाजिक संवेदनालाई समेट्ने शैलीमा दर्शकसमक्ष प्रस्तुत गरिएको छ । गीतको संगीत संयोजन संगीतकार विशाल निरौलाले गरेका छन् भने कुमार राणाले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन् । भिडियोतर्फ, गीतको निर्देशन चित्रा मास्कीले गरेका छन् ।
भिडियोमा स्मरिका ढकाल, पुरु भण्डारी, आरके सुवेदी र सुजन सुवेदीको अभिनय रहेको छ । बुद्ध थापाले छायांकन गरेका भिडियोको सम्पादन भने बुद्ध थापाले नै गरेका हुन् । गीत अहिले युट्युब लगायत डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ ।






