मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा आँटेको कार्यमा सफलता मिल्नेछ । व्यवसायीहरूका लागि समय लाभदायी रहनेछ । विद्यार्थीको तर्कशक्ति बलियो बन्नेछ भने बोलीले अरूलाई प्रभावित पार्न सकिनेछ । रोकिएका कार्यहरू अघि बढ्नेछन् । कार्य क्षेत्रमा शुभचिन्तकको सुझाव बेवास्ता नगर्नुहोस् ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सन्चित धनमा वृद्धिको योग छ । कला, संगीत तथा सिर्जनशील क्षेत्रमा सफलता मिल्नेछ । साताको मध्यमा धैर्य र पराक्रममा वृद्धि हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । अन्त्यमा इष्टमित्रको सहयोग पाइनेछ । भविष्यका सम्भावना खोजी गर्न अनुकूल समय रहेको छ । कालभैरवको दर्शन गरी दिन सुरु गर्नु राम्रो हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धैर्य र पराक्रमका साथ कार्य सफल हुनेछन् । सेवामूलक क्षेत्रबाट लाभ पाइनेछ । साताको मध्यमा समय व्यवस्थापनमा कठिनाइ आउन सक्छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । अन्त्यतिर सन्तानको विषयमा चिन्ता बढ्न सक्छ । प्रेम सम्बन्ध सुरु हुने सम्भावना पनि छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विशेष योजनाको जग बसाउने अवसर मिल्नेछ । कार्य क्षेत्रमा दौडधूप बढ्नेछ । मध्यमा सकारात्मक सोचले जीवनमा नयाँ मोड ल्याउनेछ । परीक्षामा सफलता मिल्ने योग छ । स्वास्थ्यमा सजगता आवश्यक छ । भगवान शिवलाई जल अर्पण गरेर दिन सुरु गर्नु शुभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारको सल्लाह लिएर महत्त्वपूर्ण निर्णय लिनु उपयुक्त हुनेछ । अनावश्यक खर्चबाट बच्नुहोस् । आर्थिक र श्रमको लगानी फस्टाउनेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । प्रेम र मित्रताको सम्बन्ध बलियो बन्नेछ । सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गर्नुहोस् ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
सहकारी संस्थाबाट लाभ मिल्नेछ । रोकिएका प्रशासनिक कार्य सुरु हुनेछन् । साझेदारी व्यापारमा लाभ पाइनेछ । उद्योग क्षेत्रमा नयाँ कीर्तिमान राख्न सकिनेछ । अन्त्यमा पौष्टिक आहार सेवन गरी रोग प्रतिरोधात्मक क्षमता बढाउनुहोस् । आत्मचिन्तनको राम्रो समय हो ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
लगनशीलता र मेहनतले सफलता ल्याउनेछ । स्वास्थ्यमा सचेत रहनुहोस् । बोलिको गलत अर्थ लाग्न सक्छ, सोचविचार गरेर बोल्नुहोला । छरछिमेकीसँग वादविवादबाट टाढा रहनु बुद्धिमानी हुनेछ । पिताको सहयोग कार्यमा लाभदायक हुनेछ । सांस्कृतिक कार्यक्रममा सहभागी भइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ व्यवसायिक अवसरहरू प्राप्त हुनेछन् । प्रतिष्ठित व्यक्तिहरूसँगको सम्पर्कले फाइदा पुर्याउनेछ । श्रमको उचित फल प्राप्त हुनेछ । नयाँ जिम्मेवारी हात लाग्नेछ । अन्त्यमा आर्थिक पक्ष सामान्य रहनेछ । अध्ययनमा प्रगति देखिनेछ । देवीको दर्शन गरी दिन सुरु गर्नुहोस् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
ऊर्जा र उत्साहले भरिएको सुरुवात हुनेछ । नयाँ कार्यमा रुचि जाग्नेछ । मित्रजनसँग रमाइलो समय बित्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाटको सम्भावना छ । अन्त्यमा आत्मविश्वासका साथ निर्णय लिँदा सफलता मिल्नेछ । रुचिका क्षेत्रमा मन लाग्नेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
राजनीतिक तथा सार्वजनिक क्षेत्रमा सफलता मिल्नेछ । पदोन्नतिको योग रहेको छ । पिताको स्वास्थ्यमा चिन्ता देखिन सक्छ । विद्यार्थीहरूका लागि समय फलदायी रहनेछ । अन्त्यमा स्वास्थ्यमा समस्या आउन सक्छ । उच्च शिक्षाको अवसर मिल्नेछ । अवसरवादी व्यक्तिबाट सतर्क रहनुहोस् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
सुरुमा मान र प्रतिष्ठा बढ्नेछ । उच्चपदस्थ व्यक्तिहरूसँग सम्पर्क बन्नेछ । मध्यम चरणमा बोलीको माध्यामले कार्य सफल पार्न सकिनेछ । बालबालिकासँग समय बित्नेछ । अन्त्यमा साहस र उत्साह बढ्नेछ । कानुनी समस्या समाधान हुने संकेत छ । भैरव दर्शन गरी दिन प्रारम्भ गर्नु शुभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैदेशिक रोजगारीबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सतर्कता आवश्यक छ । मरेको आशामा रहेका काम पूरा हुनेछन् । अन्त्यमा आर्थिक अभावले केही कार्य प्रभावित हुन सक्छन् । सानो प्रयासले पनि जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिनेछ । सूर्यलाई अर्घ्य दिएर दिन सुरु गर्नुहोस् ।




