सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका १२ बथनियास्थित भित्री सडकमा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको छ ।
दुर्घटनामा बाग्मती ४ नयाँबस्तीका १६ वर्षीय राजीव तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
गम्भीर घाइते भएका उनलाई बाराको एसएल न्युरो अस्पताल लगिएको थियो । त्यहाँ पुग्ने वित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।




