मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको प्रारम्भमा कार्यक्षेत्रमा नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरूको सहयोग लिनुहोस् । विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ । साताको मध्यमा धार्मिक कार्यमा धन खर्चका योग छन् । साताको अन्तिममा गुमाएको स्थान फेरि प्राप्त हुनाले आफ्नो पद स्थापित गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको प्रारम्भमा राजनीतिक क्षेत्रमा प्रभाव बढ्नुको साथै नयाँ जिम्मेवारी पाउन सक्नुहुनेछ । जनताको मध्य राम्रो छवि निर्माण हुनेछ । साताको मध्यमा मित्रले गर्दा रोकिएको कार्य सम्पादन हुनेछ । मान्यजनहरूको सहयोग प्राप्त हुनेछ । साताको अन्तिममा पराक्रमले नसोचेको कार्य हात पार्न सकिनेछ । व्यापार व्यवसायमा भाईबहिनीको सहयोग मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
साताको प्रारम्भमा आयस्रोत सबल रहनेछ । साथीभाईहरूसँगको साथले मन प्रफुल्लित रहनेछ । साझेदारी व्यापारमा सम्झौता गर्नुपर्ने हुन्छ । नयाँ काम थाल्नुभन्दा अघि जाँच गर्नुहोस् । साताको अन्तिममा साहित्य र कलाको क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ । विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा आफन्तको सहयोगले रोकिएका कार्य सम्पादन हुनेछन् । बेरोजगारहरुका लागि नोकरीमा सफलता मिल्नेछ । साताको मध्यमा आर्थिक धनहानिका योग भएका कारण सजग रहनुहोला आफन्तहरूसँग रमाइलो भेटघाट रहनेछ । साताको मध्यमा विद्यार्थीहरूले अनुपेक्षित रूपले परीक्षामा सफलता प्राप्त हुनाले मन प्रसन्न रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साताको प्रारम्भमा आफन्तसँग मनमुटाव सुल्झिनेछ । घैर्यताको कमीले कार्य क्षेत्रमा अधिकारीहरूबाट सोचेजस्तो सम्मान नमिल्न सक्छ । जग्गा जमिनबाट लाभ हुनेछ । साताको मध्यमा भावनामा आएर निर्णय नलिनुहोला । गृहणीहरूको अधिकांश समय धार्मिक कार्यहरूमा बित्नेछ । साताको अन्तिममा सवारी साधन चलाउँदा सावधान रहनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । साताको मध्यमा स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । कानुन विपरीत कार्य नगर्नुहोला । साताको अन्तिममा आयआर्जनका नयाँ स्रोतहरू बढ्नुको साथै सम्मानमा वृद्धि हुनेछ । सामाजिक कार्य गरेको ले छरछिमेकीबाट प्रशंसा पाइनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साताको प्रारम्भमा आकस्मिक धन लाभका योग रहेका छन् । सरकारी संस्थाबाट लाभ प्राप्त हुनेछ । कानुनी मामिलामा सफलता मिल्नेछ । शत्रुहरूले हार खानेछन् । साताको मध्यमा कार्य क्षेत्रमा लगनशीलताको उचित परिणाम मिल्नेछ । आफन्तहरूबाट सहयोग नमिल्न सक्छ । साताको अन्तिममा सानोतिनो कुरालाई वेवास्था गरेर अगाडि बढ्नुहोस् । कार्य क्षेत्रमा सहकर्मीको साथ र सहयोग मिल्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साताको प्रारम्भमा समाजसेवामा जोडिएका व्यक्तिहरूलाई मानसम्मान बढ्नेछ । कार्य क्षेत्रमा योजनाबद्ध तरीकाले कार्य गर्नाले सफलता पाइनेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । विद्यार्थीहरूको पढाइलाई लिएर वैदेशिक यात्राको मार्ग प्रशस्त हुनेछ । साताको अन्तिममा व्यापार व्यवसायमा लाभ रहनेछ । धार्मिक मठ मन्दिरको यात्रा र दर्शनको योग छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
साताको प्रारम्भ निकै लाभदायी रहनेछ । नोकरी वा पेशामा एकाग्र भएर काम गर्नुहोस् सफलता मिल्नेछ । व्यापारमा साझेदारसंग मनमुटाव सुल्झिनेछ साथै आर्थिक लाभ रहनेछ । साताको मध्यमा हतारमा कुनै निर्णय नलिनुहोला । आफ्नो निर्णयमा परिवारलाई पनि सहभागी गर्नुहोस् । स्वास्थ्यमा चिकित्सकको सल्लाह लिनुहोस् । साताको अन्तिममा धर्म कर्मप्रति रुचि बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साताको प्रारम्भमा आफूलाई सकारात्मक राख्ने प्रयास गर्नुहोला सफलता मिल्नेछ । कार्य क्षेत्र वा पारिवारिक मामिलाहरूमा पनि अतिरिक्त जिम्मेवारी मिल्नेछ । साताको मध्यमा धार्मिक यात्राको योग बन्नेछ । कार्य क्षेत्रमा सीनियर वा जुनियर दुबैबाट सहयोग मिल्नेछ । साताको अन्तिममा घरपरिवारसंग रमाइलो समय बित्नेछ । अविवाहितहरूको लागि मनचाहा जीवन साथीको खोज पूरा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
साताको प्रारम्भमा कारोबारमा थप लगानी लगाउने राम्रो समय रहेको छ । कार्य क्षेत्रमा धन लाभको योग रहेको छ । साताको मध्यमा शेयर बजारबाट मनग्य फाइदा हुनेछ । व्यापार व्यवसायमा माननीयजनहरूको सहयोग मिल्नेछ । साताको मध्यमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ । वैदेशिक रोजगारमा बाधा आउनेछ । भौतिक सुख सुविधामा धन खर्चका योग छन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
साताको प्रारम्भ राम्रो रहेको छ । आत्मविश्वासमा वृद्धि हुनुका साथै नयाँ कार्य प्रारम्भ गर्ने योजनाको रूपरेखा बन्नेछ । साताको मध्यमा वैदेशिक रोजगारको नयाँ अवसर मिल्नेछ । स्वास्थ्यलाई लिएर सचेत रहनुहोला । खानपानमा पौष्टिक आहारको सेवन गर्नुहोस् । यो साताको अन्तिममा उत्साह र पराक्रम वृद्धि हुनुका साथै मान सम्मान बढ्नेछ ।




