पर्सा । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका १ टाँडीबाट करिब ३० किलो अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । गएराति पाण्डेपुर प्रहरी चौकीबाट खटिएको टोलीलाई देखेपछि नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडेर तस्कर फरार भएको थियो ।
मोटरसाइकलको तलासी लिँदा झोलामा लुकाएर राखिएको करिब ३० किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । साथै घटना सम्बन्धी थप अनुसन्धान भइरहेको बताइएको छ ।




