एजेन्सी । बलिउड अभिनेता सुनिल शेट्टीकाे प्रेम विवाह भएकाे हाे । भारतकाे कर्नाकटमा जन्मिएका उनी अहिले ५९ वर्ष पुगे । उनकाे विवाह १९९१ मा माना कादरीसँग विवाह गरेका हुन् । माना गुजरातकि एक मुस्लिम परिवारकी हुन् । यी दुई भिन्न धर्मका थिए ।
त्यसकारण पनि उनीसँग विवाह गर्न सुनिलले निकै पापड बेल्नुपर्याे ।
सुनिल शेट्टीको प्रेमको कहानी एउटा पेस्ट्री शपबाट सुरु भएको थियो । यहाँ सुनिलले पहिलो पटक मानालाई देखेका थिए र आफ्नो मन दिएका थिए । मानाको मनसम्म पुग्नका लागि सुनिलले सुरुमा मानाकी बहिनीलाई साथी बनाएका थिए । मानासँगको पहिलो भेटपछि नै सुनिलले ढिला नगरीकन उनलाई प्रस्ताव गरेका थिए । मानाले पनि उनको प्रस्ताव स्वीकार गरेकी थिइन् ।
भिन्न धर्म र भिन्न समुदायका कारण दुबैका परिवार उनीहरुको विवाहका लागि तयार थिएनन् । परिवारको साथ नभएपनि उनीहरुको प्रेममा कहिल्यै कमी भएन । दुबैले आ–आफ्नो परिवारलाई मनाउने पूरा कोसिस गरे । यसमा करिब ९ वर्ष लाग्यो । अन्त्यमा यी दुईको प्रेमको अगाडि कसैको केही लागेन र विवाह भयो ।
यी दुईका दुई सन्तान आथिया र अहान शेट्टी छन् । आथियाले त बलिउडमा कदम पनि राखिसकेकी छिन्, यस्तै अहान डेब्यूको तयारीमा छन् । सुनिलले विवाहपछि बलिउडमा डेब्यू गरेका थिए । उनले सन् १९९२ मा रिलिज भएको फिल्म ‘बलवान’ मार्फत् इन्डिष्ट्रिमा कदम राखेका थिए ।

माना शेट्टी एक सफल व्यवसायी हुनुका साथै उनी एक सफल सामाजिक कार्यकर्ता र रियल इस्टेटकी क्वीन पनि हुन् । मानाले आफ्ना श्रीमान् सुनिल शेट्टीसँग मिलेर एसटु नामको एउटा रियल इस्टेट प्रोजेक्ट सुरु गरिन् । जसमा उनले मुम्बईमा २१ विलासी भिल्ला बनाएका छन् ।
माना डिजाइनर पनि हुन् । उनी आफ्नो बहिनीसँग मिलेर ‘माना एण्ड इशा’ नामको एउटा क्लोथ ब्रान्ड पनि चलाउँछिन् ।






