मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका जातकहरूको लागि यो महिना धेरै जस्तो कुरामा अनुकूल रहनेछ । धेर्य र पराक्रमले आँटेको कार्यमा सफलता प्राप्त गर्न सक्नुहुनेछ । व्यापार व्यवसाय वा कार्य क्षेत्रलाई लिएर लामो यात्रा गर्नुपर्ला । धार्मिक क्रियाकलापमा रुचि बढ्नेछ । छोटो मिठो तीर्थ यात्राका योग छन् । नोकरी वा पेशामा कार्यको अतिरिक्त जिम्मेवारी मिल्नेछ । प्रेम सम्बन्धको दृष्टिले यो महिना अलि कमजोर रहनेछ । शिक्षा वा धन सम्बन्धी मामलाहरूमा राम्रो सफलता हात लाग्नेछ । भाई बहिनीहरूको साथ र सहयोग मिल्नेछ । स्वास्थ्यले सबल रहनेछ । अति आत्मविश्वास असफलताको कारण बन्ला, सावधान रहनुहोस् ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
वृष राशि हुनेहरूको लागि यो महिनामा राम्रो रहनेछ । संगीत वा कलाको संदर्भमा वैदेशिक यात्रा गर्नुपर्ला । संचित धनमा वृद्धि हुनेछ । कार्य क्षेत्र वा व्यापार व्यवसायमा मिठो बोलीको प्रभावले कार्य सिद्ध गर्न सकिनेछ । विद्यार्थीहरूको बौद्धिक क्षेत्रमा विकास हुनेछ । नोकरी वा पेशामा आफ्नो कार्यले अधिकारीहरूलाई सन्तुष्ट पार्न सकिनेछ । स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । दाम्पत्य जीवनमा सानोतिनो कुरालाई लिएर विवादको सम्भावना रहेको छ । परिवारको साथ र सहयोग मिल्नेछ । फजुल खर्चबाट आफूलाई जोगाउनुहोस् ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना अनुकूल रहनेछ । कार्य क्षेत्रमा प्रभाव बढ्नेछ वा प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ । लगनशीलता वा अनुभवले नोकरी वा पेशामा सफलता हात लाग्नेछ । सहयोगीहरूले साथ दिनेछन् । सरकारी नोकरीमा सफलता हात लाग्नेछ । प्रशासनिक र राज्यपक्षको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फड्को हात पार्न सकिएला । अविवाहितहरूलाई विवाहको प्रस्ताव आउनेछ । कारोबारलाई लिएर नयाँ निर्णय लिन सक्नुहुनेछ । नयाँ अनुबन्धले आर्थिक पक्ष सबल रहनेछ । विद्यार्थीहरूलाई मेहनतको अनुरुप शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । नियमित व्यायामको नियम बनाउनुहोस् ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ । व्यापार व्यवसाय वा कार्य क्षेत्रलाई लिएर विदेश यात्राको योग छ । आफ्नो व्यवहारलाई सन्तुलित बनाउने प्रयास गर्नुहोला । कारोबार वा उद्योग व्यापारमा निर्णय लिनुभन्दा अघि एकपटक पुन: विचार अवश्य गर्नुहोला । पारिवारिक मामलाहरूलाई सुल्झ्याउने प्रयास गर्नुहोस्, सफलता मिल्नेछ । स्वास्थ्यलाई लिएर सावधान रहनुहोला । जीवन साथीसँग वैचारिक मतभेद हुन सक्छ, सचेत रहनुहोस् । विद्यार्थीहरूलाई पढाईमा मेहनत अनुरूप सफलता मिल्नेछ । खर्चमा वृद्धि भएतापनि आर्थिक पक्ष सबल रहनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना राम्रो रहनेछ । आम्दानीका नयाँ स्रोतहरू बन्नेछन् । कार्य क्षेत्रमा राम्रो सफलता मिल्नेछ । नोकरी वा पेशामा आफ्नो प्रतिभाले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ । शेयर बजारमा राम्रो सफलता हाथ लाग्नेछ । प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउनको लागि कुरा अगाडि बढाउन सक्नुहुनेछ । व्यापार व्यवसायमा कानुन विपरीत कार्य नगर्नुहोला । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहनेछ साथै उद्योग कारोबारीहरूको लागि पनि सफलता मिल्नेछ । घर परिवारमा आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नेछ । पिताको कार्य क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि यो महिना राम्रो रहेको छ । युवाहरूलाई करियरलाई अगाडि बढाउन नयाँ बाटोहरू खुल्नेछन् । कार्य क्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला । सरूवा हुने बलियो समय देखिएको छ । अध्ययनमा प्रगति हुनेछ । विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ । स्वास्थ्यमा मौसमी बिमारीहरूबाट जोगिनुहोस् । प्रेम सम्बन्ध सुमधुर रहनेछ । कार्य क्षेत्रमा रोकिएका कार्यहरू बन्नेछन् । जोखिमपूर्ण कार्य सम्पादन हुनेछन् । कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोग मिल्नेछ । वैदेशिक भ्रमणको लागि महिना त्यति अनुकूल नहोला । प्रतिस्पर्धामा प्रतिद्वन्दीबाट कटा टक्कर मिल्नेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना तुला राशि हुनेहरूको लागि उत्तम रहनेछ । समाजमा मान प्रतिष्ठा बढ्नुका साथै दिगो कार्य प्रारम्भ गर्ने समय रहेको छ । भाग्यको साथ मिल्नेछ । व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ । व्यापारमा नयाँ सम्पर्कबाट लाभ मिल्नेछ । कारोबारलाई विस्तार गर्ने समय रहेको छ । घर परिवारमा मांगलिक कार्यको चर्चा हुनेछ । नोकरीमा नयाँ मिटिंगको लागि समय श्रेष्ठ रहेको छ । प्रशासनिक योजनाको लाभ लिन सकिएला । आफ्नो व्यस्त जीवनबाट घर परिवारलाई पनि समय दिनुहोला । व्यापार व्यवसायमा थप लगानीबाट लाभ मिल्नेछ । धर्म कर्म प्रति रुचि बढ्नेछ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
वृश्चिक राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ । कार्य क्षेत्रमा अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्ने हुन्छ । विरोधीहरू सक्रिय रहनेछन् । धार्मिक तीर्थ यात्रा आदिको सौभाग्य मिल्नेछ । व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ । नोकरी वा पेशामा उच्च अधिकारीबाट सोचेजस्तो सहयोग नमिल्ला । इष्टमित्रहरूको सहयोग मिल्नेछ । राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ । स्वास्थ्य र खानपानमा सजग रहनुहोस । पारिवारिक चिन्ताले मन अप्रसन्न रहनेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धनु राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । धैर्य र पराक्रममा वृद्धि हुनेछ । साहसिक निर्णयहरू लिने समय रहेको छ । आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ । शत्रुहरू पराजित हुनेछन् । व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ । कार्य क्षेत्रमा अरुको मुख ताक्ने बानीले कार्य बिग्रिन सक्छ । आम्दानीका नयाँ स्रोतहरू खुल्ने वा आर्थिक पक्ष बलियो बन्नेछ । स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ । विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ । युवाहरूलाई प्रेम सम्बन्धमा सफलता मिल्नेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ । कार्य क्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ । व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौं । प्रत्येक क्षेत्रमा कुनै न कुनै परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । आयआर्जनको दृष्टिले यो समय सामान्य रहेको छ । धन कमाएता पनि संग्रह गर्न गाह्रो होला । आफ्नो खानपानलाई सादा राख्ने र नशा आदिबाट टाढा रहनुहोस् । विद्यार्थीहरूले पठनपाठनमा आलस्यलाई हावी हुन नदिनुहोला । वैवाहिक सम्बन्धमा जीवनसाथीको भावना बुझ्ने प्रयास गरौं । प्रतियोगी परीक्षामा सफलता मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ । सोचेका कार्यहरू सम्पादन हुनेछन् । क्रोध र वाणीमा संयम राख्नु भयोभने सोचे अनुरुप फलको प्राप्ति हुनेछ । नोकरी वा पेशामा पुराना काममा मित्रहरूको सहयोग मिल्नेछ । मन अशान्त रहला । प्रतियोगी विद्यार्थीहरूलाई इन्टरभ्यु आदिमा सफलता मिल्ने योग पनि रहेको छ । अनियमित दिनचर्या र खानपानले गर्दा स्वास्थ्य सम्बन्धी समस्या देखापर्ला, सावधान रहनुहोस् । प्रेम सम्बन्धमा सोच विचार गरेर निर्णय लिनुहोस् । कार्य क्षेत्रमा सन्तानको सहयोग मिल्नेछ । अनावश्यक दिखावा गर्नबाट बच्नुहोला ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूलाई यो महिना लाभदायक रहनेछ । कार्य क्षेत्र वा घर परिवारमा सबैको भरपूर सहयोग मिल्नेछ । कार्य क्षेत्रमा पदोन्नतिको योग रहेको छ । परीक्षाको तैयारीमा लागिरहनु भएकालाई विशेष लाभदायक समय रहनेछ । नौकरी वा पेशामा मनपर्दो स्थानमा सरुवा हुन सकिनेछ । लामो दूरीको यात्राको योग छ । रोकिएका काम सम्पादित हुनाले मन प्रसन्न रहनेछ । उच्च शिक्षाको लागि विदेशतिर ताक्नेहरूलाई बाधा आउनेछ । सवारी साधन जुटाउने योग छ ।




