काठमाडाैं । अब विद्यार्थीहरूले पनि सजिलै खाेप पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षार्थीलाई प्रवेश पत्रका आधारमा खोप लगाउने व्यवस्था मिलाउने निर्णय गरेसँगै विद्यार्थीहरूले सहजै खाेप पाउने भएका हुन् ।
अहिले परीक्षा दिइरहेका परीक्षार्थीहरूलाई कोरोनाविरूद्ध खोप दिन लागिएको हाे । खाेप लगाउनका लागि केन्द्र ताेक्न बाँकि रहेकाे छ । जिल्ला स्वास्थ्य कार्यालयले निर्णय गरेपछि कहिलेदेखि खोप लगाउने भन्ने टुंगो लाग्नेछ ।







