काठमाडौं । पाँच वर्षमुनिका बालबालिकाले मास्क लगाउनु नपर्ने भएको छ । बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न नसक्ने भएकाले उनीहरूका लागि मास्क अनिवार्य नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
६ देखि ११ वर्षका बालबालिकाको हकमा भने मास्क लगाउने मापदण्ड तय गरिएको छ । समुदायस्तरमा कोभिड फैलिएको खण्डमा बालबालिकाले सुरक्षित रूपमा मास्क प्रयोग गर्न, धुन वा प्रतिस्थापन गर्न सक्ने भएमा र उच्च जोखिममा भएकाहरूको सम्पर्कमा पुगेको खण्डमा मास्क लगाउनु पर्ने हुन्छ ।
१२ वर्ष उमेरभन्दा माथिका बालबालिकाले भने अनिवार्य मास्क लगाउनुपर्नेछ । जोखिमको हिसाबले पनि पाँच वर्षमुनिका बालबालिकालाई कम पर्ने अध्ययनहरूले देखाएका छन् ।







