काठमाडौं । पाँच महिनापछि दिएको खोपको दोस्रो मात्राले काम गर्छ कि गर्दैन ? यो धेरैको जिज्ञासा हुन सक्छ । यसबारे सर्वसाधारण नागरिककाे जिज्ञासा मेटाउँदै पहिलाे मात्रा लगाएकाे पाँच महिनापछि दाेस्राे मात्रा लगाउँदा पनि खाेपले काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार काेभिशिल्ड/एस्ट्राजेनिका खाेप लगाउँदा दुई महिनाबीचको अन्तराल २ देखि ३ महिना हुन्छ भनिएपनि अहिले पाँच महिनापछि दाेस्राे मात्रा दिन थालिएकाे छ । यसबीचमा भएका अध्ययनहरूले पहिलाे मात्राले पनि काम गरिरहने र धेरै समयकाे अन्तरालमा दाेस्राे मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएका छन् ।
त्यसैले याे लामाे अन्तरालमा दाेस्राे मात्रा लगाउँदा पनि खाेपले काम गर्छ । काेभिशिल्ड र एस्ट्राजेनिका खाेप एकै प्रवृत्तिकाे भएकाे पनि मन्त्रालयले स्पष्ट पार्दै काेभिशिल्ड लगाएकालाई ढुक्क भएर एस्ट्राजेनिका खाेप लगाउन अनुराेध समेत गरेकाे छ ।







