काठमाडौं । नेपालमा रहेका कलाकारले बिहिबार विजया दशमीको टीका लगाएका छन् । मान्यजनबाट टीका ग्रहणपछि सेलिब्रेटीहरुले सामाजिक सञ्जालबाट फोटो र भिडियो सेयर गरेको देखिन्छ ।

विदेशमा रहेका नेपाली कलाकारले भने सम्बन्धित देशको शुभसाइत समय अनुसार टीका लगाउनेछन् । बिहिबार नेपालमा दशैं अन्तर्गत विजया दशमीको टीका लगाइएको छ ।














