काठमाडौं । गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छन् । मुसिकोट घर भएका राजेशसँग सुनिताले शनिबार विवाह गरेकी हुन् । दुलाल नेपाली लोक गीत क्षेत्रकी चर्चित गायिका हुन् ।
विशेष गरी तीज गीतमा उनको आफ्नै पहिचान रहेको छ । दुलाहा राजेश नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हुन् । काठमाडौंको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहिबार उनीहरूले इन्गेजमेन्ट गरेका थिए ।






