तिम्रो हो हल्लाको के तडकारो ?
तिम्रो त्यो कर्कश आवाज सुन्नै मन छैन
मलाई छोडेर जानुछ भने
सुतुक्क जाउ
बिना कुनै कोलाहल ,
जसरी पातले हाँगा छाड्छ
तिम्रो गनगन मन्थनले
अब कुनै अर्थ राख्दैन
मुटुबाट अलग्गाएपछि
भौतिक उपस्थितिको के अर्थ
शेष रहन्छ र ?
बरु, जाँदाजाँदै यौटा
गुन लगाएर जाउ
बाटोमा पर्ने खोलामा
मेरो नाउँको यौटा ढुगाँ मन्छाएर जाउ ।






