एजेन्सी । ‘ससुराल सिमरका’ जस्तो चर्चित टेलिभिजन शो मा काम गरेकी टिभी एक्ट्रेस दीपिका कक्कड ‘बिग बोस’ समेत जितिसकेकी छिन् । टिभी इन्ड्रस्टिका कयौँ जोडी, जो सेटमा मात्रै आफ्नो पार्टनरसँग भेटघाट गर्छन् र पछि उनीहरु रियल लाइफ नै प्रेममा पर्छन् अनि बिवाह गर्छन् । दीपिका कक्कडको प्रेम पनि सेटबाटै सुरु भएको हो ।
दीपिकाको पहिलो बिवाह तीन वर्षसम्म चल्यो । कला क्षेत्रमा अघि बढ्दै जाँदा उनले पतिसँगको सम्बन्ध अन्त्य गर्नु नै उचित ठानिन् । उता सम्बन्ध तोडिएपछि तीन वर्षसम्म शोएब इब्राहिमसँग सम्बन्धमा रहिन् । प्रेम झाँगिएको केही वर्षपछि उनीहरुले बिवाह गरे । शोएबसँग बिवाह गर्नका लागि दीपिकाले आफ्नो धर्म समेत परिवर्तन गरिन् र मुस्लिम धर्म अवलम्बन गरिन् ।
पुणेमा बस्दै आएकी दीपिका जागिरको सिलसिलामा २००६ मा मुम्बई आएकी थिइन् । एक अन्तर्वार्तामा दीपिकाले आफू एयरहोस्टेज बन्न चाहेको बताएकी थिइन् । तर उनको करियर अन्तै मोडियो । उनको ड्रेसिङ स्टाइल आकर्षक हुन्थ्यो, उनको त्यही सुन्दरता र आकर्षक स्टाइलले कला क्षेत्रमा अवसर दिलायो । २०१० मा उनले ‘नीर भरे तेरे नैना देवी’ मा रोल पाएकी थिइन् ।
दीपिकाले आफ्नो को–एक्टर रौनक सैमसनसँग २००९ मा बिवाह गरेकी थिइन् । यद्यपी उनीहरुले बिवाह भएको तीन वर्षसम्म लुकाए । यो सम्बन्ध लामो समयसम्म टिक्न सकेन र २०१५ मा दुवैले सम्बन्धबिच्छेद गरे ।
‘ससुराल सिमरका’ को सेटमा दीपिकाको मित्रता शोएब इब्राहिमसँग भएको थियो । २०१३ मा दुवै डेट गरिरहेका थिए । शोएबले २०१७ मा ‘नच बलिए’ को सेटमा दीपिकालाई प्रेम प्रस्ताव राखेका थिए । दुवैले २२ फ्रेबुअरी २०१८ मा बिवाह गरेका थिए ।






