काठमाडौं । कलाकार दयाहाङ राईले फागुन २१ को निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु प्रति व्यंग्य गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै राईले वर्षौँदेखि विभिन्न वाचा गरेर चुनाव जित्ने तर निरन्तर त्यो पूरा नगर्ने नेताहरुको प्रवृत्तिविरुद्ध कटाक्ष गरेका हुन् ।
उनले आफूसँग एक भोट रहेको तर आफूसँग भोट माग्ने आधार उम्मेदवारसँग के छ भन्दै प्रश्न गरे । ‘देशमा चुनाव आईराछ । म सँग एक भोट छ । यो भोट माग्ने तपाईंसँग आधार के छ ?,’ उनले भनेका छन् ।






