काठमाडौं । हाँस्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परी घाइते भएका छन् । काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिहीबार साँझ ७ बजेतिर आफू चढेको स्कुटर दुर्घटना हुँदा उनी घाइते भएका हुन् ।
विपरीत दिसाबाट आएको ट्रकलाई साइट दिने क्रममा स्कुटी चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा परी उनको अनुहार, हात र खुट्टामा चोट लागेको छ । उनी बिहीबार राति नै सामान्य उपचार गरी घर फर्किएका छन् ।
अहिले उनकाे स्वास्थ्य अवस्था सामान्य छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।
खबपु नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल भएका थिए । पछिल्लाे समय उनी चलचित्र, सिरियल तथा कमेडी कार्यक्रममा ब्यस्त छन् ।






