एजेन्सी । बलिउड अभिनेता सलमान खानले याे चलचित्र क्षेत्रबाट चर्चा, नाम, दाम र सफलता सबै हाँसिल गरेका छन् । उनका हरेक फिल्म बक्स अफिसमा हिट हुन्छन् । मिडिया, सफलता र चर्चा उनकाे वरिपरि घुम्छ, तर सलमानको संसार भने उनकी आमाकाे वरिपरि घुम्छ ।
सलमान र उनकी आमा सलमा खानबीच गहिरो सम्बन्ध छ । व्यक्तिगत जीवनमा यी आमा-छोरा प्राय सँगै हुन्छन् तर बाहिर भने उनीहरु एकअर्कासँग कमै देखिन्छन् । यी दुईलाई सँगै नदेखिने एउटा कारण हो सलमानको ड्राइभिङ ।
सलमाका अनुसार उनी सलमानसँग गाडीमा हिँड्न डराउँछिन्। उनले यो कुरा फरहान खानको च्याट सोमा उपस्थित भएको बेला भनेकी थिइन् । ‘सलमानले गाडी चलाएको बेला म उसँग बस्दिन,’ सलमाले फरआनलाई भनेकी थिइन् । आमाको यस्तो कुरा सुनेपछि सलमानले सोधे, ‘आमा, तपाईं मैले गाडी चलाएको बेला किन बस्नु हुन्न ? तपाईं मेरो ड्राइभिङबारे गलत धारणा दिँदै हुनुहुन्छ ।’ सलमानको कुरालाई स्पष्ट पार्दै सलमाले भनिन्, ‘त्यस्तो होइन । सलमानलाई ट्राफिक सिग्नलमा रोक्न मन लाग्दैन । गाडी घुमाएर बस्छ, अनि मलाई चक्कर आउन थाल्छ ।’
सन् २००२ मा मादक पदार्थ पिएर गाडी चलाउँदा सलमानले बाटो छेउको पेटीमा सुतिरहेका पाँचजना व्यक्तिमाथि आफ्नो गाडी चलाएका थिए । दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो । यो मुद्दालाई लिएर सर्वोच्च अदालतले उनीमाथि चिट काटेको थियो ।
च्याट सोमा सलमानले बालापनका सम्झनाहरु पनि सेयर गरेका थिए । ‘जब आमा मलाई छोडेर कतै बाहिर जान खोज्नु हुन्थ्यो, म उहाँको पछ्यौरा समातेर रुन थाल्थेँ । उहाँ सधैं मलाई आफ्नो हातले दाल र भात खुवाउनु हुन्थ्यो ।’






