एजेन्सी । उनीसँगै बलिउड यात्रा सुरू गरेका अभिनेताहरू दाम्पत्य जीवन बिताइरहेका छन् । तर सलमान खानको भने विवाहको साइत अझै जुरेको छैन । उमेरले ५५ बर्ष पुगिसके पनि उनले विवाहको सुरसार गरेका छैनन् । सलमानले बलिउडका आधा दर्जन अभिनेत्रीलाई आफ्ना प्रेमिका बनाए । यसको सिलसिला सुरु भयो शाहीन जाफरीबाट । त्यसपछि उनले संगीता बिजलानी, सोमी अली आदिलाई आफ्नो प्रेमिका बनाए । तर, उनीहरुसँगको सम्बन्ध लामो समय कायम रहेन ।
अन्ततः सलमानको माया बस्यो विश्व सुन्दरीको शीर्ष ताज विजेता अभिनेत्री ऐश्वर्या रायसँग । उनीहरुको प्रेमकथाले त बलिउडमा ठुलै तरंग पैदा गर्याे । ऐश्वर्या र सलमानको जोडीलाई बलिउडकै सर्वाधिक लोभलाग्दो मानिन्थ्यो । उनीहरुको प्रेम सम्बन्धमा निकै उतारचढाव आयो । आखिरमा दुबैले यो सम्बन्धलाई कायम राख्न सकेनन् ।
सलमान ऐश्वर्यालाई औधी रुचाउँथे । ‘चलते चलते’ फिल्ममा शाहरुखसँग ऐश्वर्या सुटिङ गरिरहेकी थिइन् । सलमान सेटमा पुगे । पछि शाहरुखले सलमानलाई साथ दिँदै ऐश्वर्यालाई फिल्मबाट बाहिर निकाले । त्यस स्थानमा रानी मुखर्जीलाई ल्याइयो ।
अहिले ऐश्वर्यले अभिषेक बच्चनसँग घरजाम गरिसकेकी छिन् । उनी एक सन्तानकी आमा समेत हुन् । एकताका ऐश्वर्यले अन्तर्वार्तामा सलमानसँगको सम्बन्धलाई लिएर तीतो पोखेकी थिइन् । उक्त अन्तर्वार्तामा ऐश्वर्याले सलमानसँग प्रेम गरिरहँदा सुखभोग भन्दा बढी पीडाबाेध गरेको बताएकी थिइन् । उनले भनेकी छिन्, ‘सलमानले मसँग झगडा गर्थे, कुटपिट गर्थे । र, अर्कोदिन उनी सेटमा यसरी आउँथे, मानौ अघिल्लो दिन केही भएकै छैन ।’
एकपटक उनीहरुबी ठूलो लफडा भयो । सलमान राती २ बजे आए र ऐशको अपार्टमेन्टको ढोका ढकढक्याउन थाले । ऐश्वर्याले ढोका खोलिनन् । तब सलमानले त्यहाँबाट हाम फाल्ने धम्की दिए । ऐश्वर्याले सलमानलाई कुनै जवाफ दिएनन् तब सलमानले ढोका हिर्काइरहे । उनले ढोका त्यसबेलासम्म हिर्काइरहे, तबसम्म उनको हातबाट रगत निस्किएन ।
अन्ततः ऐश्वर्या बाध्य भइन् र ढोका खोलिन् । भोलिपल्ट ऐश्वर्याले सलमानको विरुद्ध उजुरी दिइन् । ऐश्वर्याले भनेकी छिन् कि उनले सलमानका लागि सबैकुरा गरिन् । उनी केवल २१ बर्षकी थिइन् तैपनि सलमानका खातिर उनले परिवार छाडेर एक्लै अपार्टमेन्ट लिएर बसिन् । ऐश्वर्याका अनुसार सलमान र उनको झगडा सोमी अलीलाई लिएर भएको थियो । ऐशलाई कुनै जानकारी नदिइ सलमानले सोमीलाई सहयोग गर्न अमेरिका गए । उनका पिता बिरामी थिए र उनलाई सहयोगको जरुरी थियो ।
ऐश्वर्याको भनाई अनुसार सलमानले नै उनलाई धोका दिएको थियो । उनी अरु कसैसँग रोमान्स गरिरहेका थिए । यसपछि ऐश्वर्यले उनलाई छाड्ने निर्णय गरिन् । ऐश्वर्या उनीहरुको रिलेशनसिपमा आफ्नोतर्फबाट सत्प्रतिशत दिएको बताएकी छिन् । ऐश सलमानको परिवारसँग नजिकिइन् । तर, बदलामा उनलाई धोकेबाज भनियो र उनको हरेक को–स्टारसँग उनको नाम जोडियो ।
ऐश्वर्याले दावी गरेकी छिन्, उनले आफ्नो सम्बन्ध बचाउनका लागि सबैकुरा सहेकी थिइन् । सलमानको रिस, चिच्याहट, मारपिट, आरोप । जबकि उनी स्वयम् ऐशलाई धोका दिइरहेका थिए । ऐशले सलमानको फोन रिसिभ गर्न छाडेकी थिइन् । यद्यपि सलमान मान्दैनथे । उनी ऐश्वर्यको सेटमा आउथे र तमासा देखाउथे । साथै ऐश्वर्यलाई अरुसँग अफेयर रहेको आरोप लगाउथे ।
ऐश्वर्याका अनुसार सलमानको कारण उनको करियर दाउमा थियो । उनलाई फिल्मबाट निकालिन्थ्यो र उनलाई अनप्रोफेशनल भनिन्थ्यो । निर्माताहरुले उनलाई फिल्मबाट हटाउन थालिसकेका थिए ।
ऐश्वर्याको यो अन्तर्वार्ता आएको ठिक दोस्रो दिनमा सलमानले मादक पदार्थ सेवन गरी कार चलाउँदा सडकमा सुतिरहेका एक व्यक्तिको ज्यान गएको थियो, चार जना घाइते भएक थिए । अहिले पनि उनलाई त्यही दुर्घटनाले सताइरहेको छ ।
ऐश्वर्यापछि सलमान क्याटरिना कैफसँग जोडिए । उनीहरुको प्रेम–सम्बन्ध पनि दुई चिरा पर्याे । आखिरमा सलमान रोमानियन केटी यूलिया वन्तूरसँग रोमान्स गर्न थाले । तर, उनका कथित गर्लफ्रेन्ड यूलियाले यसअघि नै बिवाह गरिसकेका थिए । उनले मारियास मोगा नामका गीतकार तथा गायकसँग २०१२ मै जोडी बाँधेकी थिइन् । ‘जय हो’ फिल्मको छायांकनका क्रममा सलमानसँग यूलियाको भेट भयो । यूलियालाई सलमानले नै भारतमा निम्त्याएको बताइन्छ ।






