कैलाली । कैलालीमा विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरमा सु प प्र ००१ ०२ ज ३९९ नम्बरको विङ्गर दुर्घटना हुँदा सात जना घाइते भएका हुन् ।
पूर्वबाट पश्चिम आउँदै गरेको उक्त विङ्गर साइकल यात्रीलाई बचाउने क्रममा दुर्घटना हो । हाल घाईत साइकल यात्रीसहित सात जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।






