काठमाडाैं । अभिनेत्री ऋचा शर्माले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’ छाेडेकि छिन् । ऋचा आमा बन्ने मिति नजिकिएपछि उनले शो छाेडेकि हुन् । उनी सेप्टेम्बर महिनामा आमा बन्दैछिन् । अहिले कमेडी च्याम्पियन टप ३ मा पुगिसकेकाे छ । सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई भने शाे मा रहनेछन् ।
ऋिचाले कार्यक्रम छोड्न लागेको जानकारी दिँदै भनिन् – ‘यो च्याम्पियन र मेरो च्याम्पियन सँगै आउँछ । चिकित्सकले समय दिए अनुसार दुई हप्ता बाँकी छ । मलाई धेरैले आराम गर्नुपर्छ भन्ने सुझाव दिनुभएको थियो । तर मलाई कामले धेरै ऊर्जा दिए जस्तो लाग्छ । शो मा आउँदा कतै दुखिरहेको छ भने पनि बिर्सिएस्तो लाग्छ ।’
उनले कोभिडका बेला पनि आफ्नो बच्चाले झन् सुरक्षा दिइरहेको जस्तो लाग्ने, संक्रमणको कुनै डर नभएको बताइन् । ‘गाउँघरतिर पनि बच्चा जन्मिने दिनसम्म पनि महिलाहरु काम गरिरहेको हामीले देख्न सक्छौँ । मैले पनि गरेँ । अब चाहीँ डाक्टरहरुले नै रेस्ट गर्नुपर्छ भन्नु भएपछि मैले शो छोडेर आराम गर्न लागेकी हुँ’, उनले भनिन् ।




