काठमाडाैं । नेपालकै पहिलाे स्ट्यान्ड अप कमेडी रियालिटी शाे ‘कमेडी च्याम्पियन सिजन २’ का टप थ्री प्रतिस्पर्धी छानिएका छन् । टप थ्री का लागि भरतमणि पाैडेल, विक्की अग्रवाल र सन्ताेष थापा छानिएका हुन् । हिक्मत महरा भने आउट भएका छन् ।
अब फाइनलमा उपाधिका लागि विक्की, भरतमणि र सन्तोष प्रतिस्पर्धा गर्नेछन् । यद्यपि यसबारे औपचारिक जानकारी भने आउन बाँकी छ ।
कमेडी च्याम्पिसन सिजन २ को फाइनल आगामी २ असोजमा हुने जानकारी दिएकाे छ । अब दुई हप्ता मात्रै बाँकी छ । फाइनल भन्दा अघि तीनैजना प्रतियोगीहरुले आ-आफ्नो गृहनगरको भ्रमण गरी भाेटकाे अपिल गर्नेछन् । भरतमणि ताप्लेजुङका हुन् । उनलाई पूर्व मन्त्री तथा एमाले सांसद योगेश भट्टराईले समेत साथ दिएका छन् । सन्तोष गोर्खाका र विक्की सिक्कमका हुन् ।
यसअघि च्याम्पियनकाे पहिलाे सिजनमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त फाइनलमा पुगेका थिए । उपाधि भने हिमेशले जितेका थिए । उनले जित्दा शाे का जज सन्ताेष पन्त विवादमा तानिएका थिए, चलखेल गरेर हिमेशलाई उनैले जिताएकाे आराेप लागेकाे थियाे । सिजन २ काे उपाधि भने भरतमणिले जित्ने चर्चा छ, यद्यपी कसलाई जिताउने भन्ने कुरा नागरिककै हातमा छ !




