काठमाडाैं । बिहेपछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोलीचाली देखि हरेक कुरामा परिवर्तन देख सकिन्छ । साथै बिवाहपछि महिलाहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । बिवाहअघि कति प्रयास गर्दा समेत नमाेटाएका महिलाहरू पनि बिवाहपछि अक्सर माेटाउने गर्छन् । हुन त बिवाहपछि महिलाहरुको शारीरिक परिवर्तन हुनु स्वाभाविक नै मानिन्छ ।
तर खानपानमा ख्याल गर्दागर्दै पनि माेटाउँदा महिलाहरू निराश हुने गर्छन् । किनकी माेटाेपनाले सुन्तरतामा ह्रास ल्याउँछ भन्ने बुझाइ हुन्छ । विवाहपछि किन मोटाउने गर्दछन् त महिलाहरू ? याे कमैलाई मात्र थाहा हुन सक्छ ।
खासमा विवाहपछि घरगृहस्थीको कामकाजले महिलाकाे दैनिकीमा नै परिवर्तन आउने गर्छ । साथै उनीहरु प्रेम वा विवाहको तनावबाट मुक्त हुन्छन् । अब राम्री देखिनुभन्दा पनि स्वास्थ्य रहनुपर्छ भन्ने मानसिकता विकास हुन्छ । विवाह अघि डाइटिङ गर्नेहरु पनि विवाहपछि शरीरको चासो खासै लिँदैनन् । जसकारण महिलाहरु विवाहपछि मोटाउने गर्छन् । हुन त ब्यस्तताका कारणले पनि आफुलाई फिट बनाउन महिलाले सकिरहेका हुँदैनन् । साथै बिवाहपछि महिलाहरूको हिप र छातीको साइज पनि बढ्ने गर्छ ।
बिवाहपछि माेटाउनुका कारणहरू :
अनिन्द्राः बिहेपछि धेरैजसो महिलाहरूको सुत्ने समय र दैनिकी परिवर्तन हुन्छ । थपिएको जिम्मेवारी बहन गर्दा गर्दै सुत्नको लागि पर्याप्त समयको अभावमा धेरैपटक अनिदो बस्नु पर्ने हुनसक्छ । कम्तिमा ७ घंटा नसुत्नुको कारणले महिलाहरूको तौल बढ्ने गर्दछ ।
हर्मोनको परिवर्तनः बिहेपछि परिवर्तन हुने जिवनशैली तथा चाहनाका कारण महिलाहरूको शरिरमा हर्मोन तिब्र रुपमा परिवर्तन गराउँछ, जुन तौल बढाउन जिम्मेवार छ ।
उमेरको असरः विभिन्न अनुसन्धानका अनुसार बिहेपछि बढ्दो उमेर सँगै महिलाहरूको मेटाबोलिजमको दर कम हुँदै जान्छ । जसकारण शरिरमा भएको बोसोको घट्ने प्रकिया कम हुन्छ र तौल बढ्छ ।
सामाजिक दबाब कम हुनुः महिलाको लागि बिहेअघि राम्रो देखिन तथा राम्रो पती पाउनका लागि आफ्नो शरिरको फिटनेसलाई विशेष ध्यान दिएका हुन्छन । तर बिहे पछि यो दबाब कम हुन्छ, जसकारण महिलाहरु आफ्नो फिटनेसमा ध्यान दिँदैनन् र तौल बढ्न जान्छ ।
धेरै टिभी हेर्नुः प्रायजसो बिहेपछि हाम्रो समाजमा श्रीमान कामका लागि बाहिर जान्छन भने श्रीमती गृहणी को रुपमा घरमै बस्ने प्रचलन रहेको छ। दिउँसोको खाली समयमा टेलिभिजन हेर्नु उनिहरुको सामान्य दैनिकी कुरा हो । जसबाट उनिहरुको शरिर शारिरिक रुपले निष्क्रिय रहने हुदाँ मोटोपना बढ्छ ।
टेन्सन बढ्नुः बिहेपछि धेरैजसो महिलाहरुलाई नयाँ वाताबरणमा घुलमिल गर्न असहज हुन्छ । यसले तनाब बढ्छ र साथसाथै तौल पनि ।
गर्भवती अवस्थाः सामान्यतया बिहे भएको १-२ बर्ष पछि धेरैजसो जोडीहरु सन्तान जन्माउने गर्दछन् । महिला गर्भवती हुँदा आउने हर्मोनको परिवर्तन तथा चुस्त पोषणको कारणले मोटोपन बढ्ने गर्दछ ।
लापर्वाहीः बिहेअघि महिलाहरु आफ्नो खानपिनलाई नियन्त्रणमा राखेका हुन्छन् । तर बिहे पछि जिवनशैलीको कारण खानपिनमा खासै ध्यान दिन पाउँदैन् । त्यसैले तौल बढ्छ ।
खानपिनमा परिवर्तनः बिहेपछि पतिको घरमा जस्तो खाना हुन्छ त्यस्तै खाना खानुपर्छ, धेरैजसोले ज्यादा फ्याट र मसलादार खाना खाने गर्दछन्, यसले तौल बढाउँछ।
प्राथमिकतामा परिवर्तनः बिहेपछि पति र घरपरिवार अनुशारको रुटीन बन्ने गर्दछ । यसकारण महिलाहरु आफ्नो ध्यान राख्ने मौका पाउँदैनन् र तौल बढ्छ ।
यस्ता छन् मोटोपना घटाउने उपाय
मोटोपना घटाउन नियमित खानाको टाइमटेबल तयार पारेर समय दिनु पर्दछ । सकेसम्म चिल्लो, तारेको, भुटेको, मसलेदार खानेकुरा खान त्याग्नुहोस् । नियमित झन् मोटाउँदै जानु भएको छ भने उसिनेको खानेकुरा मात्र सेवन गर्नुहोस् । बाहिर होटल तथा रेष्टुरेन्टको खानेकुरा, फास्टफूड, जंकफूड नखानुहोस् ।
एकै पटक धेरै खाने नगर्नुहोस् बरु थोरै थोरै तर धेरै पटक खानुहोस् ।बिहान-बिहान पैदल हिँड्न प्रयास गर्नुहोस् साथै हल्का कसरत पनि गर्नुहोस् । ओखर, दहि सेवन गरेमा पनि केहि हदसम्म मोटोपना कम हुन जान्छ । खानामा सकेसम्म बढि मात्रामा तरकारी र खाजामा फल खाने बानि बसाउनुहोस् । विवाहपछि महिलाहरु व्रत बस्ने गर्दछन्, धेरै व्रत बसेमा समेत मोटाउने गरीन्छ ।
दैनिक गर्ने कार्य र खानाको समेत तय गरी सुचि बनाउने । बिहान आधाघण्टा जगिङ्ग जाने वा वर्कआउट गर्ने । आफ्नो वजन घटाउन पार्टनरबाट उत्प्रेरणा माग्ने । नियमित रुपमा पहिलेका पहिरन लगाई आफुमा आएको परिवर्तन हेर्ने । व्लड प्रेशर, सुगर लगायतका स्वास्थ्य समस्या नियमित परीक्षण गर्ने । मोटोपना घटाउन खाना कम गर्ने र ब्यायाम ज्यादा गर्नुहोस् ।






