एजेन्सी । बलिउड कलाकार सिद्धार्थ शुक्लाको आज (शुक्रबार) अन्तिम संस्कार हुँदैछ । उनकाे मुम्बईको ओशिवारामा अन्तिम संस्कार हुँदैछ । उनकाे अन्तिम संस्कारमा धेरै कलाकारहरू पुगेका छन् । उनकि प्रेमिका शहनाज गिल पनि समाधि स्थलमा पुगेकि छिन् ।
शहनाज गिलको स्वास्थ्य स्थिति निकै खराब रहेकाे समाचारहरू आइरहेका छन् । उनी रुँदै समाधि स्थल पुगेका तस्वीरहरू समेत सार्वजनिक भएका छन् । उनी यतिबेला निकै पिडामा छिन् । शहनाजलाई उनका भाइले सम्हालिरहेको देख्न सकिन्छ । उनी दिदीसँग समाधि स्थल पुगे ।
बाहिर मानिसहरु र मिडियाकर्मीको अत्यधिक भीड भएका कारण शहनाजलाई प्रहरी सुरक्षासहित समाधि स्थलसम्म पुर्याइएको छ ।
सिद्धार्थ र शहनाजको जोडी दर्शकमाझ ‘सिडनाज’ उपनामले परिचित थियो । ‘बीग बोस १३’ बाट उनीहरुको केमेष्ट्री बलियो बनेको थियो । यो शोबाट बाहिरिएपछि सिद्धार्थ र शहनाजले एक अर्कालाई डेट गरिरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
सिद्धार्थका नजिकका साथी अबू मलिकले शहनाजको स्वास्थ्य अवस्थालाई लिएर आफू चिन्तित भएको बताएका छन् । सिद्धार्थ र शहनाजले एक अर्कालाई निकै माया गर्ने गरेको अबूले बताएका छन् । शहनाजले सिद्धार्थसँग चाँडै नै बिहे समेत गर्न चाहेको अबूले बताएका छन् ।




