काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको अपूरणीय जनधनको क्षतिपछि पीडित परिवारहरूलाई सहयोग गर्ने उद्देश्यले बलिउड अभिनेता तथा परोपकारी व्यक्तित्व सोनू सूद मंगलबार काठमाडौं आइपुगेका छन् ।
संकटको यस कठिन घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता प्रकट गर्दै उनी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई प्रत्यक्ष रूपमा राहत, खाद्यान्न तथा पुन:स्थापनामा सहयोग पुर्याउने तयारीका साथ नेपाल आएका हुन् ।
अभिनेता सूद यसअघि पनि विभिन्न विपद्का समयमा मानवीय सहायता र उद्धार कार्यमा अग्रणी भूमिका खेल्दै आएका थिए । उनले विपद्ग्रस्त क्षेत्रमा आवश्यक पर्ने राहत सामाग्री वितरण र पीडितहरूको उद्धारमा स्थानीय प्रशासन तथा संघ संस्थासँग मिलेर काम गर्ने बताएका छन् ।




