नयाँ दिल्ली । बिग बोस १३ विजेता सिद्धार्थ शुक्लाको मृत्युको खबरले हरकोही टुटेका छन् । उनको बिहीबार अन्तिम संस्कार भइसकेको छ तर मानिसहरुले बिर्सन सकेका छैनन् । शहनाजलाई झन् धेरै गाह्रो भएको छ उनलाई भुल्न । उनी सिद्धार्थको अन्तिम संस्कारमा जाँदा पनि सम्हालिन सकिरहेकी थिइनन् ।
सिद्धार्थको अचानक निधन कसरी भयो ? आखिर के भएको थियो त त्यस रात ? शहनाज र सिद्धार्थको जोडी निकै लोभलाग्दो थियो । दुवैको पहिलो भेट दुई वर्षअघि बिग बोस सिजन ११ मा भएको थियो, तर उनीहरु छिट्टै नै एकअर्काको नजिक भएका थिए । तर अब शहनाज अहिले एक्लो भएकी छिन्, उनी निकै टुटेकी छिन् ।
शहनाजको आँखै अगाडी सिद्धार्थको निधन भयो, उनले आफ्नो प्रेम बचाउन सकिनन् । मृत्युको केही घण्टा पहिले सिद्धार्थले बेचैनी महसुस गरिरहेका थिए । उनी शहनाजकै काखमा निदाएका थिए, त्यसपछि उनी कहिल्यै उठेनन् ।
सिद्धार्थको घर पुगेका उनका नजिकका एक अभिनेताले भने, ‘शहनाज पुरै टुटेकी छिन्, उनले सिद्धार्थको निधन भएको कुरा स्वीकार गर्नै सकिरहेकी छैनन् ।’ भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनु केही घण्टाअघि सिद्धार्थलाई बेचैनी महसुस भएको थियो । बेलुका ९ः३० बजेतिर उनी आफ्नो घर आएका थिए, लगतै उनलाई बेचैनी महसुस भयो । शहनाज र उनकी आमा घरमा थिइन्, उनीहरुले कागती पानी पिलाए । त्यसपछि अलिकति आइसक्रिम पनि दिए, ताकि उनलाई सहज महसुस होस् । तर उनको बेचैनी गएन ।
सिद्धार्थले बेचैनीबारे फेरि बताए, तब शहनाज र आमाले आराम गर्न सुझाव दिए । त्यसपछि सिद्धार्थ शहनाजको काखमा सुते, उनी पनि सुतिन् । जब बिहान ७ बजे शहनाजको आँखा खुल्यो, तब हेर्दा सिद्धार्थको सुताइ पोजिसन परिवर्तन भएको थिएन, न त हलचल नै थिए । शहनाजले उठाउन कोसिस गरिन् तर उनी उठेनन् । उनी भाग्दै १२ तल्लाबाट ५ तल्लामा आइपुगिन् जहाँ सिद्धार्थको परिवार बस्थे । त्यसपछि सिद्धार्थको बहिनीले डाक्टरलाई बोलाइन्, उनैले मृत घोषण गरे ।




