एजेन्सी । सिद्धार्थ शुक्लाको निधनले उनकाे एक फ्यान तथा प्रसंसक काेमामा पुगेकि छिन् । बिग बाेस १३ का विजेता शुक्लाको बिहिबार बिहान निधन भएकाे थियाे । उनकाे अचानक भएकाे निधनकाे खबरले फ्यानलाई आघात परेकाे हाे ।
अस्पतालबाट एक प्रसंसकले तस्वीर सेयर गरेर यसबारे जानकारी गराएका हुन् । काेमामा पुगेकि प्रसंसककाे नाम भने खुलाइएकाे छैन ।
डा.जयेश ठाकेर नामका व्यक्तिले फोटो सेयर गरेर लेखेका छन्, ‘चाँडै निको होऊ । डाक्टरले उनी आंशिक कोमामा भएको बताएका छन् । अत्यधिक तनावका कारण उनका आँखाका नानी र शरीरका अंगले काम गरिरहेका छैनन् । सबै प्रशंसक र समर्थकलाई शान्त रहन सल्लाह दिन्छु । धेरै नसोच्नुहोस् र आफ्नो दिमागलाई अन्य कुरामा भुलाउनुहोस् । मलाई थाहा छ, यो सहज छैन तर तपाईंहरुले सिद्धार्थलाई जान दिनुपर्छ । प्रार्थना ।’ फोटोमा युवती अस्पतालको बेडमा सुतिरहेको देख्न सकिन्छ ।
यो तस्बिर भाइरल भएपछि कविता कौशिकले पनि प्रशंसकको स्थितिमा दुःख जनाएकी छन् । उनले आफ्नो ख्याल राख्न अपिल गरेकी छिन् ।उनले लेखेकि छिन्, ‘आइसीयुमा एक प्रशंसकको फोटो देखेँ जो कोमामा छिन् । सिद्धार्थ र शहनाजका प्रशंसक कृपया आफ्नो ख्याल राख्नुहोस् । तपाईंहरु आफ्ना अभिभावक र परिवारबारे पनि सोच्नुहोस् भनेर अपिल गर्न चाहन्छु । सिद्धार्थ यो कुराले कहिल्यै खुसी हुने छैनन् । उनलाई इज्जत दिनका लागि कृपया बलियो हुनुहोस् र अघि बढ्नका लागि एकअर्कालाई मद्दत गर्नुहोस् ।’
एकातिर प्रसंसक काेमामा छिन् भने अर्काेतिर सिद्धार्थ शुक्लाको परिवार र शहनाज गिल बेहोसीको अवस्थामा छन् ।




