काठमाडौं । सदाबहार अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ काे परीक्षाकाे तयारीमा जुटेकी छिन् । किटनी कलेज अध्ययनरत करिश्मा परीक्षा नसकिएसम्म अब कुनैपनि कार्यक्रममा पनि सहभागी हुने छैनन् ।
करिश्माले २०७५ सालको एसईई परीक्षामा बी प्लस ल्याएर उत्तीर्ण गरेकि थिइन् । तीन दशक लामो अभिनय यात्रपछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा एसईई परिक्षा दिएकी थिइन् ।
केहि वर्ष अघिसम्म करिश्मा राजनीतिमा समेत सक्रिय थिइन् । उनी डा. बाबुराम भट्टराईको नयाँ पार्टी ‘नयाँ शक्ति’ मा थिइन् । अहिले उनी राजनीतिबाट अलग छिन्, कुनै पार्टीमा आबद्ध छैनन् । यतिबेला भने करिश्मा सबै काम छोडेर पठनपाठनमा लागेकी छन् ।




