काठमाडाैं । नेपाली चलचित्र निर्देशक सुदर्शन थापाले आज (साेमबार) मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर प्रेमिका सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् ।
उनीहरूले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितिमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । उनीहरूकाे बिवाह सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।
सुदर्शनले मेरो एउटा साथी छ, मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्ताे गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी, लगायतका चलिचत्र निर्देशन गरेका छन् । उनले निर्देशन गरेका प्रायः सबै चलचित्र सफल छन् ।
यस्तै सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौँ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।




