ह्वाइट डिस्चार्ज अर्थात् सेतो पानी बग्ने समस्या आम महिलामा हुने समस्या हो । यसले महिला स्वास्थ्यमा ठूलो असर गर्छ । ह्वाइट डिस्चार्जलाई सेतो पानी वा लिकोरिया पनि भन्ने गरिन्छ । महिनावारीको अघिपछि यस्तो पानी बग्नु धेरैको समस्या हो ।
सेतो पानी बग्ने कारण
आफ्नो संवेदनशील अंगको ठिक रुपमा सफाई नहुनु, कुनैपनि स्थितिमा धेरै हतोत्साहित हुनु, बिरामी मानिससँग सम्बन्ध राख्नु, पटक पटक गर्भपतन गराउनु, शरीरमा पोषक तत्वको कमी हुनुले सेतो पानी बग्ने गर्छ ।
लक्षणहरु
चक्कर आउनु, शरीरमा थकावट हुनु, संवेदनशील अंग चिलाउनु, शरीरमा कमजोरी महसुस हुनु, संवेदनशील अंगबाट दूर्गन्ध आउनु यसका मुख्य लक्षणहरू हुन् ।
बच्ने घरेलु उपाय
यस्ता समस्याबाट बच्न आफ्नो डाइटमा केरा पनि मिसाउने गर्नुपर्छ । फिटकिरीलाई तातो पानीमा भिजाएर त्यसले आफ्नो संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । चामल उमालेर त्यसैमा रहेको पानीले आफ्नो संवेदनशील अंगको सफाई गर्नुपर्छ । १ लिटर पानीमा अदुवालाई राम्रोसँग उमालेर जब पानी आधा हुन्छ त्यसपछि पिउने गर्नुपर्छ । मेथीको पानीबाट पनि संवेदनशील अंगको सफाई गर्ने गर्नुपर्छ । भुटेको चनालाई सख्खरको साथमा मिसेर दूध वा घिउको साथमा मिलाएर दैनिक यसको सेवन गर्नाले पनि यी समस्याबाट बच्न सकिन्छ ।






