मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज कार्य क्षेत्रमा नयाँ अवसर र जिम्मेवारी प्राप्त हुन सक्छ । लामो समयदेखि रोकिएका कामले गति लिने सम्भावना छ । साथीभाइ तथा सहकर्मीको सहयोगले महत्त्वपूर्ण काम पूरा गर्न सहज हुनेछ । पारिवारिक सम्बन्धमा सुमधुरता कायम राख्न बोली र व्यवहारमा संयम अपनाउनु आवश्यक छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज आर्थिक गतिविधिमा सकारात्मक सुधार आउने संकेत छ । व्यापार तथा व्यवसायमा नयाँ योजना अघि बढाउन सकिनेछ । कार्य क्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर मिल्न सक्छ । आफन्त र साथीभाइसँगको भेटघाटले नयाँ सम्भावनाका ढोका खोल्न सक्छ । पारिवारिक वातावरण सुखद रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज आत्मविश्वास र उत्साहले नयाँ काम गर्न प्रेरित गर्नेछ । रोकिएका योजना अघि बढाउन तथा नयाँ कामको थालनी गर्न अनुकूल समय रहन सक्छ । आफ्ना विचार स्पष्ट रूपमा राख्न सके अरूको साथ र सहयोग प्राप्त हुनेछ । अध्ययन तथा बौद्धिक क्षेत्रमा प्रगति हुने सम्भावना छ । प्रेम सम्बन्धमा आपसी विश्वास र समझदारी बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनमा केही अन्योल र अस्थिरता रहन सक्छ । त्यसैले महत्त्वपूर्ण निर्णय गर्दा हतार नगर्नुहोला । आर्थिक लेनदेनमा पारदर्शिता अपनाउनु उचित हुनेछ । कार्य क्षेत्रमा गरेको मेहनताको प्रतिफल प्राप्त गर्न केही समय लाग्न सक्छ । परिवारका सदस्यसँग आफ्ना कुरा साझा गर्दा मानसिक तनाव कम हुन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज सामाजिक तथा व्यावसायिक क्षेत्रमा प्रतिष्ठा बढ्ने अवसर मिल्न सक्छ । नेतृत्वदायी जिम्मेवारी प्राप्त हुने सम्भावना छ । आफ्नो प्रतिभा र क्षमता प्रस्तुत गर्न अनुकूल वातावरण बन्नेछ । आर्थिक लाभका संकेत देखिएपनि नयाँ लगानी गर्दा पर्याप्त विचार पुर्याउनुहोला । पारिवारिक जीवन पनि सुखद रहने देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज कामको जिम्मेवारी र व्यस्तता बढ्न सक्छ । समयको उचित व्यवस्थापन गर्न सके निर्धारित काम पूरा गर्न सकिनेछ । कार्य क्षेत्रमा वरिष्ठ तथा अनुभवी व्यक्तिको सल्लाह लाभदायक बन्न सक्छ । आर्थिक विषयमा अनावश्यक जोखिम नलिनुहोला । पारिवारिक मामिलामा धैर्य र समझदारी आवश्यक हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विभिन्न काममा अनुकूल परिस्थिति बन्न सक्छ । लामो समयदेखि रोकिएका योजना अघि बढ्ने सम्भावना छ । अध्ययन, लेखन र सिर्जनात्मक कार्यमा विशेष रुचि रहनेछ । भविष्यका योजना बनाउन तथा नयाँ कामको तयारी गर्न समय अनुकूल देखिन्छ । आर्थिक अवस्थामा सुधार आउने संकेत छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आर्थिक मामिलामा विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ । आकस्मिक खर्च बढ्न सक्ने भएकाले आम्दानी र खर्चको हिसाब मिलाएर अघि बढ्नुहोला । कार्य क्षेत्रका गोप्य विषय अनावश्यक रूपमा अरूसँग साझा नगर्नु राम्रो हुनेछ । अरूको विवादमा सहभागी हुँदा समस्या बढ्न सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज साझेदारी र सहकार्यबाट फाइदा उठाउन सकिनेछ । व्यापार तथा व्यवसायमा नयाँ अवसर प्राप्त हुन सक्छन् । जीवन साथी र सहयोगीको साथले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ । आर्थिक कारोबार गर्दा आपसी सहमति र स्पष्टता कायम राख्नुहोला । प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ ।
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज कामको चाप बढे पनि मेहनत र अनुशासनले सकारात्मक परिणाम दिलाउन सक्छ । प्रतिस्पर्धात्मक क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गर्ने अवसर मिल्नेछ । दैनिक जिम्मेवारी पूरा गर्न सक्रिय रहनुपर्नेछ । परिवारका सदस्यसँग समय बिताउँदा आपसी सम्बन्ध थप बलियो बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज सिर्जनात्मक र मनोरञ्जनात्मक गतिविधिमा रुचि बढ्नेछ । आफ्नो कला, प्रतिभा र क्षमतालाई अरूमाझ प्रस्तुत गर्ने अवसर प्राप्त हुन सक्छ । प्रेम सम्बन्धमा सकारात्मकता र आत्मीयता बढ्नेछ । सन्तानको प्रगतिले पारिवारिक खुसी थप्न सक्छ । आर्थिक लाभको सम्भावना रहेपनि खर्च बढ्न सक्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज घरपरिवार र आफन्तसँग सम्बन्धित विषयमा बढी समय दिनुपर्ने हुन सक्छ । घरायसी काममा व्यस्तता रहेपनि त्यसबाट सन्तुष्टि मिल्नेछ । कार्य क्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ, जसलाई धैर्य र लगनशीलताका साथ पूरा गर्नुहोला । आर्थिक निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ ।




