काठमाडौं । पछिल्लाे २४ घण्टामा थप २ हजार ७२ जना काेराेना भाइरस संक्रमित निकाे भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै निकाे हुनेकाे संख्या ७ लाख ३१ हजार पुगेकाे छ ।
यस्तै आज (सोमबार) १ हजार ६७७ जनामा संक्रमण पुष्टि भएकाे छ । ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जनामा संक्रमण पुष्टि भएको हो ।
याेसँगै संक्रमितकाे कुल संख्या ७ लाख ७२ हजार १८२ पुगेको छ । आज काेराेना संक्रमणबाट २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ ।
सक्रिय संक्रमित संख्या ३० हजार ३०३ जना रहेको छ । जसमध्ये २८ हजार ३१४ जना होम आइसोलेसनमा र १९८९ जना संस्थागत आइसोलेसनमा छन् ।






