एजेन्सी । बिग बोस सिजन १३ का बिजेता तथा कलाकार सिद्धार्थ शुक्ला अब हामीबीच छैनन् । तर उनको सम्झना फ्यान र साथीभाइको मनमा आज पनि छ । सिद्धार्थको अचानक भएको निधनले उनका फ्यानका साथै साथीहरुलाई पनि झड्का लागेको छ ।
कसैले उनको निधनको विश्वास नै गर्न सकिरहेका छैनन् । उनलाई धेरैले याद गरिरहेका छन् । उनकी नजिककी साथी हिना खानले पनि उनलाई बिर्सन सकेकी छैनन् । बिग बोस सिजन १४ मा सिद्धार्थ र हिनाको राम्रो बोन्डिङ देखिएको थियो । हिना र सिद्धार्थले मित्रता गाँसेका थिए । अहिले सिद्धार्थको निधनले हिनालाई पनि झड्का लागेको छ । उनी आफूलाई सम्हालिरहेकी छिन् । यद्यपी उनी सिद्धार्थको अन्तिम संस्कारमा भने उपस्थित भइनन् ।
सामाजिक सञ्जालमा उनले सिद्धार्थको अन्तिम संस्कारमा आफू सहभागी नुहुनुको कारण बताएकी छिन् । एक फ्यानले सिद्धार्थको नजिकको साथी भएर पनि उनको अन्तिम संस्कारमा किन नगएको भनि प्रश्न गरेका थिए । त्यसैको जवाफ दिँदै हिनाले भनेकी छिन् – ‘सर म मुम्बईमा छैन । यो हार्टब्रेकिङ न्युज मैले एयरपोर्टमा सुनेँ । म अहिले पनि मुम्बईमा छैन ।’




