एजेन्सी । ‘नमस्ते साथीहरु । म अहिले घरमा छु, बाहिर निस्कन सकिरहेकी छैन । सिद्धार्थ शुक्लाको निधनले चकित बनाएको छ । उनको निधन हृदयघातबाट नभएको पुष्टि भएको छ । योसँगै उनको मृत्यु कसरी भयो त भन्ने प्रश्न पनि उठेको छ । साढे तीन घण्टा अलग अलग डाक्टरले सिद्धार्थको पोस्टमार्टम गरे । उनीहरुले पोस्टमार्टम रिपोर्टमा सिद्धार्थको निधन हृदयघातबाट नभएको बताए । कसरी गयो त सिद्धार्थको ज्यान ? पत्ता लगाउन अनुसन्धान तथा जाँचका लागि पठाइएको छ । म निकै चिन्तित छु ।
उनको बीएमडब्ल्यू कारको सिसा पनि छोडिएको थियो । कोसँग झगडा भएको थियो ? ८ देखि ८ः३० को बीचमा उनी कसैलाई भेट्न गएको भनिएको छ । घर आएर उनले आफ्नो स्वास्थ्य ठिक नभएकोबारे आमालाई बताएका थिए । फेरि राति ३ बजे पनि उनले स्वास्थ्य ठिक नभएको बताए । त्यसपछि केही औषधि खाए, त्यो औषधि के थियो ?
बिल्डिङमा झगडा भएको थियो । उनको कारको सिसा पनि फुटाइएको थियो । हे भगवान, सत्य के हो ? के उनलाई केही तनाव थियो ? केको औषधि खाएका थिए ? त्यो त डाक्टर नै बताउन सक्छन् । पोस्टमार्टम रिपोर्टबारे देशका पुरै जनता जान्न चाहन्छन् । आखिर के भएको थियो उनको साथ ? यदि यो निधन हृदयघातबाट भएको थिएन भने कारण के थियो ?’
सिद्धार्थको निधनपछि राखी सावन्तले आफ्नो इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै सो आशंका व्यक्त गरेकि हुन् । उनकाे निधनबारे गहिराे अनुसन्धान हुनुपर्ने उनकाे भनाइ छ । २ सेप्टेम्बरमा उनको निधन भएको थियो । ४० वर्षीय सिद्धार्थको हृदयघातका कारण निधन भएको भनिएकाे छ । उनको अन्तिम संस्कार ३ सेप्टेम्बरमा गरिएको थियो ।




