एजेन्सी । अमेरिकी र्यापर लिल उजी वर्टले यसै वर्ष आफ्नो निधारको बिच भाग छेडेर गुलाबी रंगको हिरा लगाएका थिए । तर सो हिरा उनका फ्यानले निकालिदिएका छन् ।
२६ वर्षीय र्यापर लिलका अनुसार अगस्टमा आयोजित एक कार्यक्रमका क्रममा उनी फ्यानको भीडमा पुगेका थिए । त्यसैबेला प्रसंसकले उनको हिरा ताने । उनको निधारमा लगाइएको हिराको मूल्य २४ मिलियन डलर अर्थात् १७४ करोड बढी भारतीय रुपैयाँ रहेको छ ।
उनले एक मिडियासँगको कुराकानीमा भनेका छन्, ‘मेरोरोलिङ्ग लाउडमा एक शो थियो र म भीडतिर दौडिएको थिएँ । त्यसैक्रममा हिरा निकालिदिए । तर हिरा अहिले मसँगै छ ।’
रिपोर्ट अनुसार उनको हिरा ११ क्यारेटको हो । २०१७ सम्म उनी हिराको मूल्य तिरिरहेका थिए । निधारमा गुलाबी हिरा लगाउनु उनको सपना थियो । लिल आफ्नो हेयर स्टाइल, ट्याटु र कपडाका कारण चर्चामा आइरहन्छन् । उनको हिरा पनि टुटिसकेको छ ।




