एजेन्सी । अमिताभ बच्चनको शो केबीसी १३ मा फराह खान र दीपिका पादुकोण उपस्थित हुँदैछन् । शो को नयाँ प्रोमो पनि सार्वजनिक भइसकेको छ । अमिताभ र पाहुनाको निकै चर्चा भइरहेको छ । फराहले आफूलाई गाली गरेको अमिताभले बताएको भिडियो पनि बाहिर आएको छ ।
शुक्रबारको शानदार एपिसोडको भिडियो क्लिपमा अमिताभ बच्चन दीपिकालाई सोधिरहेछन् कि फराह खानले सेटमा उनलाई गाली गरिन् ? जवाफमा दीपिकाले यस्तो सधैँ हुने बताएकि छिन् । यस्तै अमिताभले पनि एक गीतको सुटिङका क्रममा फराहले आफूलाई गाली गरेको बताए । उनले ‘तपाईँ आफूले आफूलाई के ठान्नुहुन्छ ? को हो तपाईँ ?’ भन्दै गाली गरेकी हुन् ।
अमिताभले ‘कभी अलबिदा न कहना’ फिल्मको गीत ‘रक एण्ड रोल’ को सुटिङका क्रममा फराहको गाली खाएका हुन् । उक्त गीतको कोरियोग्राफी फरहाले गरेकी थिइन् ।
केबीसीको १३औँ सिजन केही साता पहिले सुरु भएको हो । शो ले पहिलो करोडपतिको रुपमा हिमानी बुन्देला पाएको थियो ।




