नयाँ दिल्ली । बलिउड अभिनेत्री कंगना रनौतको चलचित्र थलाइवी हलहरुमा रिलिज भइसकेको छ । बिहीबार कंगनाले पत्रकार सम्मेलन गरी थलाइवी चलचित्रबारे कुराकानी गरेकी थिइन् । कुराकानीका क्रममा कंगनालाई राजनीतिमा इन्ट्री हुन्छ कि हुँदैन भनेर प्रश्न गरिएको थियो ।
कंगनाले आफू राजनीतिमा नआउने बताए पनि उनी राजनीतिमा आउने सम्भावना भने देखिन्छ । कंगनाले भनिन्, ‘म राजनीतिमा आउनका लागि मलाई धेरै नै सपोर्ट चाहिन्छ । तर म अहिले एक अभिनेत्री हुन पाउँदा नै खुशी छु । यदि भविष्यमा मलाई राजनीतिमा देख्न चाहनुहुन्छ भने म पक्कै प्रवेश गर्नेछु ।’ सबैलाई थाहा भएकै कुरा हो, कंगना राष्ट्रिय र सामाजिक विषयमा बोलिरहेकी हुन्छिन् ।
पत्रकार सम्मेलनमा कंगना ट्रेडिस्नल सिल्क साडीमा पुगेकी थिइन् । कंगनाका अनुसार उनको चलचित्र हिन्दीमा मल्टिीप्लेक्समा रिलिज नहुन सक्छ । मल्टिप्लेक्सले सधैँ निर्मातालाई धम्की दिने गरेका छन् । कंगना भन्छिन्, ‘म एक राष्ट्रवादी हुँ, सधैँ देशको लागि बोल्नेछु । म एक जिम्मेवार नागरिकको नाताले एक नेता पनि हुँ ।’
कंगनाको चलचित्र थलाइवीले मिश्रित प्रतिक्रिया पाएको छ । चलचित्रमा कंगनाले तमिलनाडुकि पूर्व सिएम जयललिताको भूमिका निभाएकी छिन् । चलचित्रमा जयललिताको जीवनी देखाइएको छ ।




